अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले दुई वर्षभित्रै विवाह गर्ने भएका छन् । बुधबार आफ्नो सम्बन्धको चौथो वर्षगाँठ मनाउँदै आएका यी दम्पतीले आगामी दुई वर्षभित्रै विवाह गर्न लागेको बताएका छन् ।
उनीहरुले ३ वर्षसम्म आफ्नो सम्बन्ध गोप्य राखे र गत वर्ष भ्यालेन्टाइन डेमा मात्रै सार्वजनिक गरेका थिए । अभिनेता सलोन बस्नेतले विवाहका लागि परिवारले पनि अनुमति दिएको बताए । उनले दुई वर्षभित्रै विवाह गर्ने र परिवारले जिम्मेवारी आफूमाथि नै छोडेको बताए ।
हाम्रो सम्बन्धको चौथो वर्षगाँठ मनाउँदै करिश्माले लेखेकी छिन्, ‘म यो सधैँ घाम र इन्द्रेणी हुनेछन् भन्ने वाचा गर्न सक्दिन, तर म तिमीलाई मेरो माया, मेरो वफादारी, तिमीलाई खुसी बनाउने, तिमीसँग सपना देख्ने, तिमीलाई प्रोत्साहन दिने वाचा गर्छु। तपाईंको सहयोगी बन्नुहोस् र तपाईंको परिवार बन्नुहोस्। म तिमीलाई साँच्चै मन पराउँछु।' पेशाले नेपाल वायुसेवा निगमको परिचारिका रहेकी करिश्मा कुनै हिरोइनभन्दा कम छैनन् ।