निर्वाचनमा ३ लाख खर्च भएको छ, मात्र नमस्कार गरेर जितेको हुँ : उपमेयर खनाल

 


स्थानिय तहको निर्वाचनमा ३ लाख मात्र खर्च भएको र निर्वाचन जितेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख निलकण्ठ खनालले बताएका छन् ।‘कत्तिले भन्ने गर्छन यो निर्बाचनमा ३० लाख २० लाख खर्च भयो तर मेरो स्थानिय निर्वाचनमा ३ लाख मात्र खर्च भएको छ । मैले कसैलाई भोट हाल्नुहोला भनिन मात्र नमस्कार गरेर निर्वाचन जितेको हुँ । कसैले किन केहि नभनेको भन्दा म भन्थे तपाई जत्तिको मान्छेले मलाई भोट नहनले म कसरी जितौला ? जहाँ हामि निरन्तर लाग्छौ त्यहाँ माया हुन्छ, त्यतिकै मलाई भोट हालेका हैनन् । म ठेक्कापट्टा छोडेर, जागिरको पेन्सन पाएर राजनितीमा आएको हैन । स्थानिय सरकारबाट वीरेन्द्रनगर नगरपालिकाले काम गर्ने सवाल कुनै कमजोरी र लापरवाहि हुदैन् ।’ उपप्रमुख खनाल भन्छन्।


यो मुलुक हामीले बनाउने हो । सुरक्षित हुनुपर्छ भन्ने कुरामा हामिले आँट गर्ने हो । कुनै मुलुकमा गएर सुरक्षित भईन्छ र यहाँ सुरक्षि भईन्न भन्ने हैन । जो जहाँ भएपनि सबैभन्दा सुरक्षित नेपाल मानेकोे र संसारभर भएका व्यक्तिहरु नेपाल आएको बताउँदै । हामी जहाँ जान्छौं भन्छौ, यहाँ पनि खत्तम छ, त्यहाँ पनि खत्तम छ, उदाहरण दिदै उनले भने ‘मैले मेरो आमा, बुबा, मामा, माईजु खत्तम छन् भन्छु भने म उहाँकै दुध हुँ । कसरी असल हुनसक्छु ?’ यो कुरामा हामी परिवर्तन हुनुपर्छ । श्रमलाई सम्मान गरौं । डिप्लोमा गर्दैमा मास्टर गर्दैमा जागिर चाहिन्छ भन्ने छैन् । एउटा पढेलेखेको मान्छे भैसी पालन, बाख्रा पालन गर्यो भने औषधी कतिबेला कुन खुवाउने कति एमजि को खुवाउने उसलाइृ त थाहा हुन्छ नी ? उपमेयर खनालले जोड दिदै भने ‘श्रम गरौं । विदेश गएर पढ्नुभएको छ भने पनि श्रम गरौं । हामिले विदेशमा पनि त हरेक प्रकृतिका काम गर्छौ । विदेश गएर जे गरे पनि हुन्छ तर सोहि काम नेपालमा गरे समाजका व्यक्तिहरुले नै खिस्सीट्युरी गर्छन । त्यसैले तपाई हामी आफ्नो ठाउँ बनाउन लागौँ, जसले निती निर्माणमा गएकाहरुलाई खबरदारी गरौं।’

मंगलबार वीरेन्द्रनगरमा ईन्टरनेशनल फाउन्डेसन फर ईलेक्ट्रोल सिस्टमको आर्थिक सहयोग र आयानको आयोजनामा भएको चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नता कार्यक्रमा बोल्दै उपप्रमुख खनालले भने, ‘बिडम्बना अहिले के भयो भने सर्प देखे लात्ती हानेर मार्ने नाग पंचमीको दिन भेटिन्न कागजको नाग बनाएर पुजा गर्ने।’ जस्तै भएकोछ । हाम्रा युवाहरु गाउँका नेताहरुसंग माथी पुग्यो भने जय नेपाल, अभिबादन भन्दै हिड्छौ अनि कसरी हुन्छ खबरदारी?, आफु नगर अध्यक्ष बन्न आधा दर्जन जतिलाई मतदान गरि अध्यक्ष बनाएर पठाएको सम्झदै उनले भने ‘सामाजिक सेवा भनेको मनबाट गर्ने हो, मेरो अहिलेसम्म एउटा बैंकमा वाहेक अरु बैंकमा खाता छैन् । जहाँ समस्या पर्छ त्यहाँ पुगेको हुन्छु, आजसम्म कसैबाट एक रुपैया लिएको छैन र लिनु भनेको मैले आफ्नो छोराछोरीको रगत खानु सरह हो ।’

1 Comments

  1. Dherai Swang na pare Pani hunxa,kaam garera dekhau Ani jantale aafai pujxan.

    ReplyDelete
Previous Post Next Post