लिड्स युनाइटेडद्धारा चेल्सीको धुलाइ

 


काठमाडौं।  इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो बेलुका भएको तेस्रो चरणको खेलमा चेल्सीले लिड्स युनाइटेडसंग भिड्यो। जसमा लिड्स युनाइटेडले चेल्सीको धुलाई गरेको छ।

हिजो बेलुकी साँझ ६ः४५ बाट सुरुभएको खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ३–० ले हराएको छ। खेलको पहिलो हाफमा नै लिड्स युनाइटेडले ३३ औँ मिनेटमा ब्रेनडेन आरोनसनले गोल गरेर अग्रता दिलाएका थिए। त्यसैगरी ३७ औँ मिनेटमा रोड्रिगो मरेनोले गोल गरेर अग्रतालाई दोब्बर बनाए। तेस्रो गोल भने दोस्रो हाफमा ज्याक ह्यारिन्सनले ७६ औँ मिनेटमा गरे। हिजोको खेलमा चेल्सीको केही चलेन।

खेलमा चेल्सीले ६१ प्रतिशत बल पोजिसन राखेपनि गोल गर्न भने सकेन। चेल्सीले १२ सट हान्दा ३ सट मात्रै टार्गेटमा लाग्यो। त्यसैगरी लिड्स युनाइटेडले १२ सट हान्दा ६ सट टार्गेटमा लागेको थियो।

आजको खेलसंगै ३ खेलबाट ७ अंक सहित लिड्स युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा छ भने चेल्सी ३ खेलबाट ४ अंक सहित १२ औँ स्थानमा छ।

Post a Comment

Previous Post Next Post