काठमाडौ ।
लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् ।
लोकदोहोरीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन् ।उनीहरु अहिले अलग्गै बसिरहेका स्रोतले बतायो । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।तर त्यो प्रेम दिगो
हुन भने सकेन । उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । छोरीप्रतिको गहिरो मायाँ र लगावलेनै होला शंकरक्षेत्री आफुसँगै राद्यने बताइरहेका छन् ।
हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, प्रक्रियामा जान केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भनेको थियो । अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।
अदालत स्रोतले भन्यो,हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’। आइतबार आउनु भयो भने प्रक्रिया पुरा होला । उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए त्यसको रेखदेख शंकरले गर्थे ।
श्रीमान्सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् भने छोरी लाई दुबै जना ले नछाड्ने कुरा गरेका छन तर छोरी को सग बस्ने बारेमा अझेै टुंगो लागेको छैन । तर छोरी नाबालिक भएको ले जेरि सग नै बस्ने प्रबल सम्भावना रहेको छ ।